Skip to content

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल

Right to Reject Right to Recall

Menu
  • हाम्रो बारेमा
    • संगठन स्वरूप
    • सम्पति विवरण
    • अवधारणा पत्र
    • आचार संहिता
  • सुचना
  • तालिम
    • कानुनी सेवा
  • स.आवेदन
    • नेपाल
    • विदेश
  • विविध
    • INCBOOK
    • MEMBER VERIFICATION SYSTEM
    • प्रतिवेदन
    • आगामी कार्यक्रम
    • आवेदन दर्ता सम्पन्न
  • प्रकाशन
  • सम्पर्क
    • केही गुनासो भए हामीलाई यहाँ लेखी पठाउनुहोस् ।
  • Meeting
    • Join Meeting
    • Meeting तालिका
  • sign up
  • Login
Menu

राजनतिक सु- संस्कार नै आजको आवस्यकता :

Posted on September 29, 2020May 10, 2021 by bestpramod

राजनीति एक संस्कार पनि हो । यो संस्कारले देश , जनता र दुबैको भबिस्य निर्धारण गर्दछ र यो सत्य हो। बिगत देखी बर्तमान सम्म भएका ति खराब संस्कार र कु – राजनीतिक संस्कारकै कारण देश बन्धक बन्यो र आज पनि अवस्था उस्तै छ । म यो अभियानमा सामेल भएर नेपालको समग्र राजनीतिलाई अझ नियाल्दै गर्दा ब्यक्तिगत रुपमा पनि युवाबर्गलाई खुलेर राजनीतिमा आउन अनुरोध गरिरहेकै हुन्छु , कारण पुरातन राजनीतिक ब्यबस्था तिनै युवाबर्ग अनी योग्य र सक्षम ब्यक्ती राजनीतिमा नआएसम्म बुढा भएका , खिया लागेका ति साम्राज्य ध्वस्त पार्न कठिन छ ।

 

विकास तराजुमा जोख्न सकिने वस्तु मात्र नभई जनताको सक्षममताको स्तर तथा अनुभूतिको विषय पनि हो । देशको विकासमा आर्थिक ,सामाजिक ,मानवीय ,भौतिक ,राजनीतिक ,पाबिधिक ,जस्ता पक्ष हरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । देशको कर्मचारीतन्त्र लगायत अन्य जनशीक्त हरू जति नै सक्षम र सुदृढ भए पनि तिनीहरूलाई चलाउने सबैभन्दा माथिल्लो सयन्त्र राजनीति खराब भयो भने यहाँ विकासको परिकल्पना गर्न सकिँदैन । शिक्षा,स्वास्थ्य,रोजगारी,यातायत,विधुत,खानेपानी, जस्ता भौतिक पूर्वाधारको जस्तो सुकै विकाश भए पनि त्यस सँग पत्यक्ष सम्बन्ध राख्ने राजनीति खराब भयो भने भए गरेका र हुने सरचनाहरु लाई पूर्णता दिन सकिँदैन । देशमा रहेका राजनीतिक दल र सो दलले लिएको राजनीतिक सिदान्त र बिचारले देशलाई कस्तो बनाउने भन्ने विषयमा ठोस योगदाान दिन सक्दछ ।

राजनैतिक दलले चुनावी घोषणा पत्रमार्फत जनता माझ विकास निर्माणको पतिवद्दता जाहेर गर्ने र शक्ति,सत्तामा पुगिसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउने गर्दछन्,यो लोकतन्त्रको सुनौलो पक्ष पनि हो । देश विकासमा राजनीतिको महत्त्वपूर्ण भूमिका रहन्छ, देशको विविध पक्षको विकास सगसगै युवाहरूको विकाश हुनु पनि विकाश चरणको एक खुड्किलो मानिन्छ ।

युवाहरूको विकास भन्नाले सीप पाप्त गरिसके पछि रोजगारीको ग्यारेन्टी ,देशको विकाशमा योगदान पु¥याउन सक्ने गरी जिम्मेवारी दिने व्यवस्था हो । नेपालमा धेरै बिकराल समस्या मध्ये बेरोजगारी समस्या एक हो । यसलाई सही रूपमा सही समयमा सम्बोधन गर्न सकेनौ भने युवाहरूको विकास हुन सक्दैन । देशको उर्वर र ठुलो जनसङख्या ओगट्ने यो पुस्तालाई देृशको विकासमा लगाउन सक्नु नै देशको विकासमा योगदान पुरुयाउनु हो । नेपालमा यो उमेरको युवा पुस्ताले सही ट्रयाक लिन सकिराखेको छैन । राजनीतिक दलहरले युवा पुस्तालाई ध्वशको राजनीति गर्न मात्र सिकायो,आन्दोलनहरुमा मात्र सक्रिय हुन सिकायो ।

ध्वश भएको युवा शक्तिलाई पुनजीवन दिन नसकिएका कारण राजनीतिले सही बाटो लिन सकेन । युवाहरूलाई राजनीतिक दलहरूले लामो समय सम्म परिवर्तनका नाममा सडकमा उतार्ने र सधैँ विरोधी खेमामा मात्र स्थापित गर्न खोज्यो । दन्दकालका नाममा होस् या राजनीतिक उथलपुथल का घटनाहरुमा होस्,युवा हरू बन्दुक बोकेर ध्वश गर्ने तह सम्म पनि लाग्ने स्थिति पैैदा भयो । यस बिचमा देशमा थुपै राजनीतिक क्रान्ति सम्पन्न भईसके,अब यस कुरालाई सही ढगले विश्लेषण गरी युवालाई निर्माणको चरणमा पवेश गराउनु पर्दछ । आर्थिक सम्वृद्धिको दिशातिर युवाहरूलाई अगाडी बढाउनु पर्दछ ।

अब देशमा राजनीतिक मुद्दा भन्दा पनि सबै राजनीतिक दलले आर्थिक विकाश र सम्वृद्धिको मुद्दा लाई प्राथमिकता दिनुपर्दछ । युवाहरूलाई ध्वशाँत्मक राजनीतिबाट माथि उठाई विकाश निर्माण,उत्पादन र रोजगारीको विषयमा अगाडि बढाउनु पर्दछ । अब राजनीतिक दलका एजेन्डा हरुमा आर्थिक विकाशको पाटो लाई महत्त्व का साथ उठाउनु जरुरी छ । देश निर्माणको साझा उद्देश्य प्रत्येक राजनीतिक दलको मुख्य एजेन्डा बन्नुपर्दछ ।

जब सम्म देशमा रहेका युवा पुस्तालाई आर्थिक विकाशमा संलग्न गराउन सक्दैनौ तब सम्म दिनहु पन्ध्र्र सय विदेशीने युवाहरूको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घट्दैन,त्यो भिड नघटे देशभित्र क्रियाशील रहेको जनशब्ति स्वतः घट्छ । यसको प्रत्यक्ष असर विकाश निर्माणमा पर्दछ । बढ्दो वैदेशिक रोजगारीको आकर्षणलाइ कम गर्नको लागी देशमा उद्योगधन्दा,कलकारखानाको स्थापना गर्नुपर्दछ । कृषि,व्यापार व्यवसाय,प्रर्यटन आदि क्षेत्रमा देशभित्रै सम्भावना खोजिनुपर्दछ । देशभित्र शान्ति सुरक्षा कायम गरी बाह्य लगानीको आकर्षण बढाउनुको साथै स्वदेशि लगानीकर्ता लाई प्रोत्साहन गनूर््ुपर्दछ ।

सरकारी संयन्त्रको अप्रभावकारीता,प्रशासनको विकृति जस्ता कुरालाई हटाइ निजी क्षेत्रको सहभागितामा वृदि र सरकारी,निजी,सहकारीता को अवधारणा अनुसार विकाश निर्माण अगाडि बढाउन हा ेभने देशभित्रको युवा बेरोजगारीको समस्या कम गर्न सकिन्छ । जसबाट गरिबी न्युनिकरण,प्रतिब्यक्ति आयमा बृदि,कुल ग्राहस्थ उत्पादनमा बृदि भई समग्र मुलुकको आर्थिक विकासको ढा्का खुल्न सक्दछ। यसको लागि राजनीतिक दल ,त्यसको नेतृत्व, र राजनीतिक दलका कार्यकर्तामा देश विकास प्रति इमान्दारीका साथ सकारात्मक प्रयत्न भएको हुनुपर्दछ।राजनीतिक दलले आप्ःना युवा सङ्गठन हरुलाइ लुटपाट,हत्या,हिंसा,आतङ्क जस्ता अपराधजन्य कार्यमा संलग्न नगराइ वा संरक्षण नदिइ स्वरोजगारीको सृजना गर्ने तर्फ उत्प्रेरित गर्नुपर्दछ साथै दलले सिङ्गो पार्टी,नेता र कार्यकर्तालाई पारदर्शि ढङ्गले चलाउन सक्नु पर्दछ। सँविधानबादका आधारमा सरकार चल्ने र त्यसै मुताविक शासन सञ्चालन गर्ने हो भने अहिले देशमा व्याप्त समस्याको सामूहिक समाधान गर्न सकिन्छ।

राजनीतिक दलको मूल्य मान्यता र बिचार लाई भन्दा माथि उठि देश विकासको सँकल्प प्रत्येक राजनीतिक दलमा हुनै पर्दछ । देशमा पछिल्लो तथ्याँकले सबैभन्दा बढी भ्रष्टाचार गर्ने हरुमा राजनीतिक दल र कर्मचारीतन्त्र लाई बताएको छ । यो देश विकाशका लागी भयानक डरलाग्दो र लागजमर्दो विषय हो । यसको न्युनीकरणमा सरकार तथा सबैको ध्यान जान जरुरी छ ।

राजनीतिक दलहरुले युवाहरूलाई सही मार्ग दिन सक्नुपर्दछ। दल र तिनका नोकरहरुले युवाहरूलाई केवल आप्ःनो स्वार्थ पुर्तिको लागि झोलृ कार्यकर्ताको रूपमा लिनु हुँदैन। कार्यकर्ताको रूपमा प्रयोग गर्दा उनीहरू लाई सही ढङ्गले राजनीतिक शिक्षा दिनु जरुरी हुन्छ। अहिले पछिल्लो समय सही शिक्षा दिने भन्दा पनि उनीहरूलाई दुरुपयोग गर्ने प्रवृति बढ्दै गइराखेको छ। युवाहरूले पनि उचित राजनीतिक दृष्टिकोण भन्दा पनि नेताको कति नजिक हुन सकिन्छ भन्ने आधारमा आफूलाई सीमित स्वार्थमा लिप्त गराएको छ। अहिलेका युवालाई सही राजनीतिक शिक्षा दिन सकेनौ भने त्यसले देशको लामो समय वर्बाद हुन सक्दछ। अव युवाहरूले यो राष्टले हामी लाई के दियो र के पाए भन्दा पनि हामीले के दियौ अनि के दिनेछौ भनेर सोच्ने बेला आएो छ। दल र नेताको स्वाथृभन्दा माथि देश र समाजको लागि एक कदम अगाडि बढ्नु पर्ने वेला आएको छ।

पुरानो पुस्तालाई ससम्मान राजनीतिबाट बिदा गराइ उनीहरूको अनुभव र राम्रो शिक्षा लाई सिक्दै राजनीतिको बागडोर युवाहरूले लिनु पर्ने बेला आएको छ। युवाहरुले आर्थिक एजेन्डालाई केन्द्रविन्दु बनाएर आफूलाई तयार पार्नु पर्दछ। देशका राजनितक दलहरुलाई सही निर्णयको लागि हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्दछ। अन्तमा जब सम्म राजनीतिले सही बाटो लिन सक्दैन तब सम्म देशले प्रगति गर्न सक्दैन। त्यसैले आम युवाहरूले देशको चौतर्फि विकाशको लागि राजनीतिमा सकारात्मक भूमिका लिनु जरुरी छ। राजनीति भनेकै राज्य सञ्चालन कसरी गर्ने भन्ने नीति भएकाले स्वतः युवाहरुको विकास पनि यसैमा निहित रहेको छ, तसर्थ योग्य , सक्षम युवाको खाचो नेपाल र नेपाली राजनीतिले टडकारो आवश्यकता महसुस गरेको छ , छिटो भन्दा छिटो यसको पुर्ती गर्न तर्फ हामी युवा लाग्नु पर्दछ ।

प्रमोद कुमार पौडेल
( सचिब )
काठमाडौ जिल्ला समिती

9851042208

यो पोस्टलाई सेयर गर्नुहोस | 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नेपाली क्यालेन्डर

म नौलो बिहानी उदाएरै मर्छु

https://incnepal.com/wp-content/uploads/2021/02/NULO-BIHANI-2.mp3

म झुक्दै नझुक्ने नेपाली

https://incnepal.com/wp-content/uploads/2021/02/BANKO-CHH-SONGS.mp3

पसिना बगाउ अब

https://incnepal.com/wp-content/uploads/2021/02/PAISINA-BAGAU-ABA.mp3

INFORMATION

https://incnepal.com/wp-content/uploads/2020/07/12-scaled.jpg
https://incnepal.com/wp-content/uploads/2020/07/3-scaled.jpg
https://incnepal.com/wp-content/uploads/2020/07/9-scaled.jpg
https://incnepal.com/wp-content/uploads/2020/07/4-scaled.jpg
https://incnepal.com/wp-content/uploads/2020/06/inn.jpg
आफ्नै रगत निकालेर सडकमा फ्याकेर MCC बिरुद्ध बिरोध जनाउने कार्यक्रममा प्रहरीले हिरासतमा लिदै गरेको स्वगत नेपाल र स्वतन्त्र राष्ट्रिय अभियानका साथीहरु
https://incnepal.com/wp-content/uploads/2020/06/IMAGE-12.jpg
स्वतन्त्र राष्ट्रिय अभियानको भारतको हस्तक्षेप बिरुद्द आफ्नो आवाज बुलन्द गर्दै स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्ताहरु
https://incnepal.com/wp-content/uploads/2020/06/BANNER-IMG.jpg
स्वतन्त्र राष्ट्रिय अभियानले भारतले बिरुद्ध बृहद र्याली गर्दै

खोजि गर्नुहोस

थप हेर्नुहोस

  • All Groups
  • Default User Group
  • Forgot Password
  • Login
  • Logout
  • Meeting Live
  • Meeting schedule
  • MEMBER VERIFICATION SYSTEM
  • My Profile
  • Password Reset
  • Registration
  • Search Users
  • Student Registration
  • Submit New Blog Post
  • UPCOMING अभियान
  • User Group – admin group
  • आचार संहिता
  • आवेदन दर्ता सम्पन्न
  • केही गुनासो भए हामीलाई यहाँ लेखी पठाउनुहोस् ।
  • गुनासो व्यवस्थापन प्रणाली
  • तपाईलाई अझै थाहा छैन ? छैन भने तपाईँ भीडको मात्र पछि हुनुहुन्छ..
  • निशुल्क कानुनी सेवा
  • प्रतिवेदन
  • सदस्यता आवेदन गर्नुहोस
  • सम्पर्क
  • सूचना
  • स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गतिविधि
  • हाम्रो बारेमा
    • सम्पति बिबरण
    • हाम्रो सङ्गठन स्वरूप
    • १० बर्षमा गरेका काम

वेबसाइट स्तरीयकरण को चरणमा छ |

यो वेबसाइटलाई थप स्तरीय बनाउन यहाँको सल्लाह सुझावको अपेक्षा गर्दछौँ |

Meeting तालिका

प्रदेश न. १

JOIN MEETING 

प्रदेस न. २

JOIN MEETING 

बागमती प्रदेस

JOIN MEETING

गण्डकी प्रदेस

JOIN MEETING

लुम्बिनी प्रदेस

JOIN MEETING

कर्णाली प्रदेस

JOIN MEETING

सुदूरपश्चिम प्रदेस

JOIN MEETING 

Qatar

JOIN MEETING

ANDROID APP

WEB SITE APP DOWNLOAD

IT DEPARTMENT NOTICE

CLICK TO CHECK NOTICE 

©2022 स्वतन्त्र राष्ट्रिय अभियान नेपाल | Built using WordPress and Responsive Blogily theme by Superb