सदस्यताका लागि अनलाइन फाराम

राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि आह्वान 

बाँचेजति सबै नेता र राजनीति संरक्षित भ्रष्टाचारीहरुको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न नागरिक आयोग र विदेशी एजेण्ट विरुद्ध लड्न साइबर गुरिल्ला गठन पश्चात देशभरका सबै तहका सरकारको गतिविधिमा निगरानी गर्न, कानुन बमोजिम सबै प्रक्रिया र कागजपत्र मिल्दा पनि जनताको काममा ढिलासुस्ति गर्ने, आफ्नो मान्छे नभएकै कारण सरकारी अस्पतालहरुमा राम्रो उपचार नगर्ने अस्पताल व्यवस्थापन र कर्मचारी तत्काल ठाउँको ठाउँ कारवाही गर्ने, जनताको नाममा आफ्नो मात्र स्वार्थ पूरा गर्ने एनजिओहरुलाई समेत निगरानी गर्ने लगायतका कार्यहरु गर्न छायाँ सरकार गठन गरिन लागेकोले सो पूर्व केही समय नजिकै राष्ट्रिय सम्मेलन गर्न लागिएकोले प्राथमिकताका आधारमा तलको योग्यता पुगेका नागरिकहरुलाई अभियानको सदस्यता फारामको लिंक खोली फाराम भर्नुहुन लागि आह्वान गर्दछाँै । यो कुनै पार्टी होइन, स्वतन्त्र हो । कुनै वादी होइन राष्ट्रिय हो । आन्दोलन होइन, अभियान हो ।

योग्यताका आधारहरु

१. हालसम्म कुनै पनि राजनीतिक नियुक्तिबाट लाभको पद नलिएको,
२. बाँचेजति सबै नेता र राजनीति संरक्षित सबैको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ, राज्यले नगरे अभियानले गर्नुपर्छ भन्ने विचारमा सहमत हुनेहरु,
३.सांसदहरु मन्त्री/प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्छ भन्ने विचार राख्नेहरु,
४. सांसदको होइन, जनताको ५१ प्रतिशत भोट पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हुनुपर्छ भन्ने विचार राख्नेहरु
५.नेपालमा धेरै दल चाहिन्न, बहुल विचार राख्न पाए पनि दुई दलीय व्यवस्था हुनुपर्छ भन्ने विचारमा सहमत हुनेहरु,
६. पार्टीहरुले गुण्डा फटाहा, बलात्कारीहरुलाई निर्वाचनमा उम्मेदवार बनाउँदा जनताले रिसले वा निरास भएरै भोटै नहाल्ने होइन, उम्मेदवारलाई नै बहिष्कार गर्ने भोट हाल्न पाउने अधिकार राइट टु रिजेक्ट हुनुपर्छ भन्ने व्यक्तिहरु . र, ८. स्वतन्त्र राष्ट्रिय अभियानका यी दुई वटा लिंकमा भएका विचारहरु प्रति नोट अफ डिसेन्ट भए पनि मूल विचार प्रति सहमत हुनेहरु

फारामका विकल्पहरुका बारेमा
फाराममा उल्लेख भएको सदस्यता शुल्कका बारेमा भएको विकल्पको बारेमा हाल जति अंक भए पनि सो रकम अभियानले संकलन गर्ने छैन । सो रकम अभियानका सदस्यहरु रहेका स्थानमा स्थानीय सामाजिक काममा आवश्यकता अनुसार खर्च गरिने भएकोले हाल आफूले फारम भर्दा आफूले भविष्यमा गर्न सकौँला भन्ने लागे जति रकम मात्र उल्लेख गर्नुहोला । सो रकम अभियानले नलिई फाराम भर्नुहुने व्यक्तिसँगै रहने छ ।यो फाराम नेपाल बाहिर रहेर समर्थन जनाउन चाहनु हुनेहरुका लागि पनि ती ती देशहरुमा स्वतन्त्र राष्ट्रिय अभियान समर्थन समूह (आइएनसी सपोर्ट ग्रुप) गठनको प्रयोजनले पनि आह्वान गर्दछौँ ।

मुख्य मध्येका दुई नियम

क) हामी अरुको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने अभियानमा रहेकोले यस अभियानमा नेतृत्व लिन चाहनेहरुले शुरुमै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर मात्र अभियानमा लाग्न सहमत हुनु पर्ने छ ।

ख त्यसैगरी कुन कुन विदेशीसँग नेपालका कुन कुन नेता, कर्मचारी, वकील न्यायाधीस, पत्रकार, व्यापारी आदि मिलेर नेपाल र नेपालीको समृद्धि, राष्ट्रियता र स्वाधीनता विरुद्ध लागेछन् भन्ने साइबर गुरिल्लाले उनीहरुको गोप्य फोन, इमेल संवाद आदि जनता वीच नयाँ प्रविधिमार्फत पर्दाफास गर्न खटिएकोले यस अभियानमा लाग्न चाहनेले जुनसुकै बेला आफ्नो सम्पूर्ण टेलिफोन विवरण पनि जनता वीच सार्वजनिक गर्न सहमत हुनु पर्नेछ ।

फारामका लागि यो लिंक क्लिक गर्नुहोला

स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल
राष्ट्रिय संयोजन समिति
इमेल: incnepal.com@gmail.com
फोन नं. : ९८५१०१७७१०/९८५१०१४४६४/९८५६०३५६०६/९८१३७३२१११/९८५१०३५५४६