स्वतन्त्र राष्ट्रिय अभियानको मुख्य संक्षिप्त अवधारणा पत्र

स्वतन्त्र राष्ट्रिय अभियानको मुख्य संक्षिप्त अवधारणा पत्र १       के तपाईं जीवित रहेका सबै नेताको स्रोत नखुलेको सम्पत्ति जफत गरी राष्ट्रियकरण होस् भन्ने चाहनु     हुन्छ < यसो गर्दा त्यो रकमले झ्न्डै ४ वर्षको बजेट बन्ने रहेछ । त्यसमा त्यस्तै स्रोत नखुलेको सम्पत्ति       नेताहरुको मात्र होइन, वकील, न्यायाधीस, कर्मचारी, व्यापारी, प्रशासक सबैको राष्ट्रियकरण गर्ने हो...

सदस्यताका लागि अनलाइन फाराम

राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि आह्वान  बाँचेजति सबै नेता र राजनीति संरक्षित भ्रष्टाचारीहरुको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न नागरिक आयोग र विदेशी एजेण्ट विरुद्ध लड्न साइबर गुरिल्ला गठन पश्चात देशभरका सबै तहका सरकारको गतिविधिमा निगरानी गर्न, कानुन बमोजिम सबै प्रक्रिया र कागजपत्र मिल्दा पनि जनताको काममा ढिलासुस्ति गर्ने, आफ्नो मान्छे नभएकै कारण सरकारी अस्पतालहरुमा राम्रो उपचार...

भूमिगत साइबर गुरिल्ला र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न नागरिक आयोग

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नका लागि नागरिक आयोग र विदेशी एजेण्टहरु विरुद्ध लड्न भूमिगत साइबर गुरिल्ला गठन गरेको छ । अभियानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै सो आयोगमा सम्पूर्ण नागरिकहरुलाई आफ्नो छिमेकमा रहेकादेखि जानकारी भएका सबै स्रोत नखुलेको सम्पत्ति राख्ने व्यक्तिहरुको बारेमा सूचना, जानकारी र निवेदन समेत दिनका लागि आह्वान...

मंसिर २३ गते देशभर भ्रष्टाचारीलाई सामूहिक रुपमा थुक्ने कार्यक्रम, दवाव पछि अचानक कार्यक्रम स्थल परिवर्तन

भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसका सन्दर्भमा भ्रष्टाचारीलाई बाटोमै रोकेर सामूहिक रुपमा थुक्ने कार्यक्रम पूर्व गर्न लागिएको छायांकन सहितको अन्तरक्रिया कार्यक्रम स्थल सार्वजनिक गरिएपश्चात सो स्थानमा कार्यक्रम नगर्न चेतावनी दिइएपछि कार्यक्रम स्थल परिबर्तन गरिएको छ । यस पूर्व अर्बिट एजुकेशन पुतली सडकको ब्लक बी को सभाहलमा कार्यक्रम गरी सो पश्चात मन्त्रालयबाट, कार्यालयबाट, अन्य स्थानबाट सम्बन्धित भ्रष्टाचारीहरु घरतर्फ...

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति स्वतन्त्र राष्ट्रिय अभियान र नेपालका लागि नेपाली अभियानवीचको भ्रमबारे प्रष्टीकरण मिति÷२०७५÷०७÷१९ आदरणीय पत्रकार मित्रहरु, तथा सम्पूर्ण सही परिवर्तनका पक्षधर जनसमुदाय ! नेपालमा हालसम्म भएका कुनै पनि राजनीतिक परिवर्तनबाट समेत जनताको दयनीय अवस्था परिवर्तन हुन नसक्नु, भ्रष्टाचार अझ बढ्नु र विदेशीहरुको हातमा नेपालको सम्पूर्ण अवयवहरु नियन्त्रित हुन पुग्नुमा राजनीतिक दल, नेताहरु तिनले आफैँ ल्याएर...

Campaign Programs

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus et magnis dis parturient montes, nascetur ridiculus mus. Donec quam felis, ultricies nec, pellentesque eu, pretium quis, sem. Nulla consequat massa quis enim. Donec pede justo, fringilla vel, aliquet nec, vulputate eget, arcu. In enim justo,...

Eastern Development

स्वतन्त्र राष्ट्रिय अभियानको मुख्य संक्षिप्त अवधारणा पत्र १के तपाईं जीवित रहेका सबै नेताको स्रोत नखुलेको सम्पत्ति जफत गरी राष्ट्रियकरण होस् भन्ने चाहनुहुन्छ < यसो गर्दा त्यो रकमले झ्न्डै ४ वर्षको बजेट बन्ने रहेछ । त्यसमा त्यस्तै स्रोत नखुलेको सम्पत्तिनेताहरुको मात्र होइन, वकील, न्यायाधीस, कर्मचारी, व्यापारी, प्रशासक सबैको राष्ट्रियकरण गर्ने हो भने १० वर्षको बजेट तयार हुने रकम निस्कन्छ । २के तपाईं सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था चाहनुहुन्छ < यसो गर्दा सांसद बन्न खर्चिलो चुनाव हुन्न, सांसद खरिदबिक्रि हुन्न, अप्राकृतिक मूल्यबृद्धि हुन्न । ३के तपाईं सांसदको बहुमत होइन मतदाता जनताको ५१ प्रतिशत भोट पाउनेले मात्र सरकार बनाउनपाउने व्यवस्था चाहनुहुन्छ < यसो गर्दा विदेशीले सांसदलाई लगानी गरेर सरकार ढलाउने बनाउने कुरासम्भव हुँदैन, विश्वास,अविश्वासको मतमा सांसदले विदेशीको इसारा पर्खनुपर्ने हुँदैन । जनताले सोझैसरकार बनाउँछन् । ४के तपाईं पार्टीले गुण्डा फटाहालाई चुनावमा उम्मेदवारको टिकट दिँदा जनताले उम्मेदवार बहिष्कार गर्नपाउने राइट टु रिजेक्ट चाहनुहुन्छ < यसो गर्दा हामीले प्रतिनिधि छनौटमा सहभागिता पाउँछौ, अहिले प्रतिनिधि हामीले छानेको होइन, टिकट दिनेले छानेको र जनताले भोट हालिदिएको मात्रै हो, उम्मेदवारउठाएको होइन । ५के तपाईं चुनाव जितेर गएपछि गर्छु भनेको काम नगर्ने, असल काम नगर्ने वा गलत काम गर्नेलाई मैलेदिएको भोट फिर्ता लिन्छु भनेर उनीहरुलाई फिर्ता बोलाउन पाउने राइट टु रिकल चाहनुहुन्छ < यसो गर्दाजनप्रतिनिधि जिम्मेवार बन्छन् अहिले एक पटक जितेपछि महाभियोग पनि नलाग्ने मैमत्त पद सांसदहो । ६के तपाईं संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणाली अन्त्य गर्न चाहनुहुन्छ < यसो गर्दा धनीबाट धेरै कर लिएर गरीबका लागि खर्च हुन्छ, अहिले डेमोक्र्या्टिक ट्याक्सेसन सिस्टम छैन। ७के तपाईं सामावेसिताको नाममा ठालूहरु मात्र सांसद मन्त्री हुने व्यवस्था हटाउन चाहनुहुन्छ < यसो गर्दाखसीबोका बेच्न राखेजस्तो समावेसी सांसद पद पार्टीहरुले डोनेसनमा बेच्न पाउँदैनन र उदाहरणकैरुपमा मधेसी महिलाको प्रतिनिधित्व राज्यलक्ष्मी गोल्छा, मधेसीको प्रतिनिधित्व विनोद चौधरी,       काठमाण्डुका नेवार महिलाको प्रतिनिधित्व शंकर पोखरेल र ईश्वर पोखरेलका श्रीमतीले अनिजनजातिका महिलाको प्रतिनिधित्व वामदेव गौतमको श्रीमतीले गर्न पाउँदैनन् । ८के तपाईं खासमा कुनै काम नगर्नेहरु राजनीतिलाई मात्र पेशा बनाउनेहरु लगायत श्वेतग्रिवी अपराधीहरुझन् धनीधनी र गरीवहरु भने झन् गरीवगरीव हुँदै जाने व्यवस्था नष्ट गर्न चाहनुहुन्छ < ९के तपाईं कुनै काम नगर्ने आफू एक पैसा नकमाउने तर समाजमा सबैभन्दा महंगा घर, गाडी,      अस्पतालहरुमा शेयर हुने नेताहरुको साँचो हैसियत पत्ता लगाउन र सधै मरीमरी काम गर्ने जनता चाहिँविरामी हुँदा अस्पतालको सामान्य उपचार समेत गर्न नपाई मर्ने अवस्थाको कारण पनि सप्रमाण पत्तालगाई तिनको पत्ता साफ् गर्न चाहनुहुन्छ < १०के तपाईं आफ्नो पेट पाल्नकै लागि राजनीति गर्ने र राजनीति बाहेक कुनै पेशा व्यवसाय नगर्नेहरुलेराजनीतिलाई पेशा बनाएका कारण उनीहरुले देश लुटेका हुन् र यस्तो कुनै आर्थिक उपार्जनको कामनगर्नेहरुले खानकै लागि राजनीति गरेका हुन् , त्यसैले त्यस्ता कुनै व्यवसायिक, प्राज्ञिक, कला, खेलकूद,    अध्ययन अनुसन्धानको औपचारिक संलग्नता लगायत केही पनि आर्थिक उपार्जन गर्ने माध्यमनभएका, आफ्नो जीवनकाल भरि आफैले आफ्नो लागि एकछाक पनि एक पेट पनि खानेकुरा समेतनकमाउने, आफ्नो पेटसम्म आफै नपाल्नेहरुलाई राजनीतिबाट बिदा दिनुपर्छ अनि मात्र राजनीति ठीक हुन्छ भन्ने ठान्नुहुन्छ < ११के तपाईं सदाका लागि नेपाली अनुहारका विदेशीहरुको समाप्ती भएको नेपाल हेर्न चाहनुहुन्छ < १२के तपाईं हाम्रा मन्त्री प्रधानमन्त्रीले कुनकुन विदेशीसँग के के गोप्य देशघाती सहमति र कुराकानी गर्छन्भन्ने एकएक कल डिटेल हेर्न सुन्न चाहनुहुन्छ १३के तपाईं युवाहरुको स्वरोजगारीका लागि सरकारको मुख नताकी नयाँ “युनिक” उपायहरुबारे जान्नचाहनुहुन्छ < १४के तपाईं विरुद्ध कुनै पनि गम्भीर अपराध भएकोछ र गरिवीको कारण न्याय समेत पाउनु भएको छैनभने निशुल्क न्याय चाहनुहुन्छ यदि हो तपाईँ चाहनुहुन्छ भने,       यसका लागि नेपालमा मात्र होइन विश्वमै कहिँ नभएको अभियान नेपालमा हुँदैछ, हामी जनतालाई दुःखनदिई ग्यास चुल्हो खाजा सामल आफैँ बोकेर, सडक सडकमै टेन्ट टाँगेर वा वास बस्दै जनतालाई कुरा बुझाउँदै मेचीमहाकाली अभियान गर्दैछौँ । यो अभियानको तपाईं पनि मूल आयोजक र सदस्य बन्नसक्नु हुनेछ, मेचीमहाकाली हामीसँगै जनतावीच अन्तरक्रिया गर्दै हिँड्न सक्नुहुनेछ । नसके आफ्नोनजिकका केही जिल्लासम्म केही दिन मात्र पनि रिले यात्रामा सहभागी भएर फेरि नजिकका जिल्ला वा आफ्नै जिल्लाको निश्चित क्षेत्रसम्म मात्र सहभागी भएर आफ्नो घर फर्कन सक्नुहुनेछ । तर, एउटा शर्तछ (हामी गलत धन कमाउनेलाई साथ लिने छैनौं, कारवाही गर्नेछौ, हामी पनि हाम्रो सम्पत्ति विवरणशुरुमै सार्वजनिक गर्नेछौँ । हाम्रा कल डिटेल समेत जनतालाई सार्वजनिक गर्छाै । तपाईं आफ्नो कामर समयले भ्याउने दूरी अनुसार पैदलै, आफ्नो साइकल, मोटर,साइकल, गाडी जे पनि प्रयोग गर्न सक्नुहुनेछ ।       यसका लागि तपाईं आफू सहभागी हुने जिल्ला, स्थान, सम्पर्क नम्बर इमेल आइडी र आफ्नो पेशासहित खुलाएर यसै फेसबुकमा ष्लदयह मा वा फोन नम्बर ९८५१०१७७१० मा सम्पर्क गर्न सक्नुहुनेछ ।विश्वास छ तपाईँको साथ, समर्थन, सहयोग र शुभकामना रहनेछ । यो कुनै वादी होइन राष्ट्रवादी हो,        पार्टी होइन स्वतन्त्र हो, अशान्त क्रान्ति होइन अभियान हो । त्यसैले यसको नाम स्वतन्त्र राष्ट्रियअभियान हो । हामी यहाँको फोन र इमेल आइडी सहित नाम ठेगाना पर्खने छौँ । मूल दर्शन       यो अभियानको मूल दर्शन राजनीतिक वाद होइन, सामाजिकवाद हुने छ, । राजकीयसत्ताहोइनबाट, चेतनसत्ताबाट सञ्चालित रहने छ । देशभित्र र बाहिर छरिएर रहेका नेपालीहरु बीच क्षेत्रीय वाभौगोलिक होइन, राष्ट्रिय भाव हुने छ । राष्ट्रियताको संकेतक कुनै एउटा जाति धर्म भाषा समुदाय पोशाकले होइन भावना र त्यो भावनालाई मूर्त रुपमा अभिव्यक्त गर्ने व्यवहार नै हुनेछ । अबकोनेपालको राष्ट्रिय ऐक्यबद्धताको आधार भनेको नेपाल भौगोलिक रुपमा एक रहनुपर्छ भन्ने नै पहिलो होभने देश टुक्रिन दिनु हुन्न, र सो कुरा सोच्नु समेत हुन्न भन्ने मुख्य भावना सहित कूल राष्ट्रिय आयकोसमानुपातिक वितरण तथा कूल गार्हस्थ उत्पादनको बृद्धिद्वारा आर्थिक रुपमा देश तथा नागरिकलाईबलियो बनाई बेरोजगारी समस्या निराकरण गरेर स्रोत साधनको अधिकतम उपयोग गरी देशलाई समृद्धतुल्याउने दिशामा लाग्नु नै राष्ट्रिय भावनाबाट अभिप्रेरित हुनु हो भनेर बुझ्ने आधार हो । हालसम्म सोहुन नसक्नुको मुख्य आधार यस अवधारणापत्रमा उल्लेख गरिएको पहिलो पृष्ठका बुँदाहरु नै हुन् र तीमध्ये पनि मुख्य रुपमा संस्थागत र व्यक्तिगत भ्रष्टाचार नै हो । त्यसैले ती बुँदामा उल्लेखित खराब पक्षका पक्षधरहरु र मुख्य रुपमा भ्रष्टाचारीहरु नै राष्ट्रविरोधीहरु हुन् ।       त्यसै आधारबाट राष्ट्रघाती र राष्ट्रवादी पनि छुट्याई हेरिने हो । त्यसैले हालसम्मको ती बुँदामाभनिएको राजनीतिक, शासकीय, स्वरुप, चुनाव प्रणाली सबै अबको सन्दर्भमा अलोकतान्त्रिक, बेग्लाबेग्लैनामको एउटै प्रवृत्ति भएको एउटै दलको निरंकुशतन्त्र नै भएकोले यो जनविरोधी र देशघाती छ भन्ने निष्कर्शका साथ ती पूराना सोच, विचार, व्यवहार र व्यक्तिले नै राष्ट्रघात भएको हुनाले त्यसकापक्षधर सबै राष्ट्रघाती हुन् । नेपाललाई धार्मिक शासन होइन, अध्यात्मिक शासन चाहिएको छ ।अध्यात्मिकताले सबैलाई समान देख्छ । नेपालले सबै धर्मलाई समान संरक्षणको प्रत्याभूति दिँदैराज्यधर्मका रुपमा नभई “हिन्दू–बौद्ध–किरात” परम्परा खतरामा परिरहेको र नेपालमात्र यो संयुक्तपरम्परा, संस्कृति ब्लेन्ड कल्चर रहेको हुनाले संसारमा एउटा मात्र भएको जुनसुकै चीजलाई युनेस्कोलेसमेत विश्व सम्पदा सूचीमा राख्छ भने नेपाललाई विश्वमा Baidik “हिन्दू–बौद्ध–किरात” ब्लेन्डकल्चरल देशको रुपमा कायम राखिने छ । संसारका बौद्धधर्मीहरु एक पटक नेपाल आउनै पर्नेइस्लामधर्मीहरुको मक्का मदिनाजस्तो, इसाइधर्मीहरुको भेटिकन सिटीजस्तो नेपाललाई संसारकाबौद्धधर्मी, किरातधर्मी र हिन्दू सँस्कृतिका अनुयायीहरुको मुख्य गन्तव्यस्थल बनाइने छ । त्यसैलेधार्मिक राज्य नभइकन पनि यो “हिन्दू–बौद्ध–किरात” परम्पराको सम्बन्धमा विशेष व्यवस्था राज्यलेअध्यात्मिक हबको रुपमा विकसित गरी संसारबाट अर्थोपार्जनको रुपमा पनि आधार तयार गरिने छ ।       भौतिकवादी बन्न छुट भए पनि राज्यनास्तिकतालाई अस्वीकार गरिने छ । हिन्दू कुनै धर्म होइन, योजीवन पद्धति हो त्यसैले यो देश हिन्दू धार्मिक होइन हिन्दू पहिचानबहुल भएको देश भएको तरनेपालमा धर्मनिरपेक्षतालाई गलत ढंगले बुझिएको छ । हिन्दू कुनै धर्म नभई जीवन पद्धति मात्रभएकोले हिन्दू बौद्ध किरात परम्पराको ब्लेन्ड संस्कृति आफैँमा धर्मनिरपेक्षताको एउटा मोडेल हो ।धर्मनिरपेक्षताको नाममा राज्यनास्तिकता फैलाई अधार्मिक, नैतिकताहीन र पाप धर्मको डर नभएकोअन्यायी शासन चलाउने बाटोतर्फ लाग्ने खोज्ने अति भौतिकवादी अराजक राज्य व्यवस्थाको विरुद्धअध्यात्मिक चेतनसत्ताबाट अविभूत भएर राज्य सञ्चालन गर्नु राजनीतिको दर्शन हो । राजनीतिबाटदर्शन हटेपछि देश र जनताले अन्यायी शासन भोग्नुपर्छ, भ्रष्टाचारको मार खेप्नुपर्छ । त्यसैले राज्यलेअध्यात्मिकताबाट पापधर्मको डर राखेर राज्यको नीति लिनुपर्छ भन्ने तथ्यलाई स्वतन्त्र सामाजिकमानवतावादी दर्शन हुने छ जो हालसम्म अस्तित्वमा रहेका सबै प्रकारका राजनीतिक वादविचार रसिद्धान्तभन्दा फरक रहनेछ । देशभित्र र बाहिर रहेका साम्यवादी वा पूँजीवादी विचारमध्ये यो दुवैविचार होइन । साम्यवाद सुन्दर दर्शन भए पनि त्यो सम्भव छैन । असम्भव तर सुन्दर कुराको आशदेखाएर जनतालाई झुक्याउनु धार्मिक रुपले पाप र कानुनी दृष्टिले ठगीकै अपराध हो । त्यसैगरीपूँजीवादको विकृत पक्षको बारेमा चर्चा गरिरहनै पर्दैन जसको कारणले अन्याय, अत्याचार, दमन, शोषणउत्पिडन सबैथोक देश जनता र विश्वले नै भोगिरहेको छ । त्यसबाट वीचमा रहेर स्वतन्त्र सामाजिकमानवतावाद नै स्वतन्त्र राष्ट्रिय अभियानको मूल सुत्र हुनेछ । यो शान्तिवादी हुनेछ तर अन्यायकोविरुद्ध लड्नु समेत पर्छ र गलतका विरुद्ध सहीको पक्ष लिनु पनि मानवको धर्म हो भनेर गीता, महाभारत, रामायण, त्रिपिटक, मुन्धुम, कुरान, बाइबल लगायत सबै धर्मग्रन्थहरुले सारमाशिक्षितगरेको तथ्य पनि यो अभियानले बिर्सने छैन । असत्यका विरुद्ध सत्य पहिल्याउन मर्न समेत तयारभएर अभियान अघि बढ्ने छ । त्यस्तो शुद्धीकृत व्यवस्था र शासन प्रणाली अशुद्ध नेतृत्वबाट प्राप्त हुन सक्तैन । त्यसैले शुद्ध र अशुद्ध अभियानले छुट्याउने आधार तलको उपशीर्षकमा प्रष्ट गरेको छ । मूल नेतृत्व : एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन नसकेजस्तै जति पटक जस्तो संविधान आए पनि पूरानै नेताहरुबाट केही पनि हुन सक्दैन, उमेर मात्र पूरानो होइन यिनको विचार पनि पूरानै हो । संधिवान सभाको निर्वाचनपश्चात जन्मिएका नयाँ भनिएका नामका मात्र पार्टीहरु पनि सबै पूरानै विचारका हुन् । यी सबैको विचार सांसद भएर मन्त्री प्रधानमन्त्री बन्नुपर्छ भन्ने हो । नेपाललाई चाहिएको सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हो । नेपाललाई चाहिएको जनताले आफ्नो सरकार आफै बनाउन पाउने, विदेशीले हाम्रो सरकार ढाल्न नसक्ने व्यवस्था हो । त्यो व्यवस्था सांसदको बहुमत होइन, जनताको मतदाताको जम्मा मत मध्ये ५१ प्रतिशत मत पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हो । पञ्चायत व्यवस्था गलत तर पञ्चायती व्यवस्थाकै व्यक्तिहरु लोकेन्द्र बहादृुर चन्द र सूर्यबहादुर थापा सही भनेर यिनै कांग्रेस र एमालेले हामीलाई फेरि बहुदलीय व्यवस्थामा पनि पञ्चको शासन भोगाएका हुन् । यिनै कांग्रेस एमाले पहिला पञ्चायतमा पनि शासक थिए, अर्जुन नरसिंहदेखि कम्युनिष्टका नेता राजपरिषद स्थायी समिति सभापतिसम्म । माओवादी आएपछि पनि हामीलाई यिनै बहुदलवादी र गणतन्त्रवादी नेताले कमल थापादेखि लोकमान ठीक हुन् भनेर यिनैले शासक बनाएर हाम्रा टाउकामाथि राखिदिए । त्यसैले पञ्चायतदेखिका अहिलेसम्मका सबै शासक एउटै हुन् । चाहे ती कांग्रेस एमाले माओवादी राजावादी मधेसवादी जो जो हुन् । त्यसैले हिजो राजाका समयदेखि कांग्रेस एमालेमाओवादी सबैसँग मिलेर खाने राजेन्द्र, महतो, जे पी गुप्ता, महन्थ ठाकुर सबैलाई सबै दलले र व्यवस्थाले पालिरहेका थिए । आज पनि एमाले र माओवादी मिलेर राजेन्द्र महतोलाई भोट हालेर निर्णयै गरेर जिताएका हुन्, राप्रपका महामन्त्री राजेन्द्र लिंगदेनलाई पनि एमाले र माओवादीले आफ्नै उम्मेद्वार सरह भोट हालेर निर्णय नै गरेर जिताएका हुन.् । महन्थ ठाकुरलाई कांग्रेसले जिताएको हो । हृदयेशलाई कम्युनिष्टले जिताएको हो । प्रचण्डले हिजोअस्तिको स्थानीय निकायको निर्वाचनमा रुखमा भोट मागेको हालेको, देउवाले हिजो अस्ति मात्रै हो हसिया हथौडामा भोट हालेको । साझा विवेकशीलले कांग्रेलाई भोट हालेर राष्ट्रिय सभामा । अनि यिनीहरु सबैको के फरक फरक सिद्धान्त, नीति, विचार छ र ? यिनीहरु सबै जनताको ढाड सेकेर एउटै सिद्धान्त भएका फरक फरक नामका एउटै पार्टी हुन्् नेपालका हालसम्मका । नाममा नयाँ देखिए पनि नेपालका हालसम्मका सबै पार्टी पूरानै र एउटै नीतिका फरक फरक नामका त्यही सांसद खरिद बिक्री गर्ने, सांसदबाट मन्त्री प्रधानमन्त्री बन्ने,जनताको बहुमतका नाममा जनताको होइन विदेशीको पैसाले खरिदबिक्री गरिएका सांसदको बहुमतबाट सरकार बनाउने । विदेशीले नै चाह्यो भने जनताको मतबाट होइन विदेशीकै इशारामा सांसदको भोटबाट सरकार ढलाउने, मह्रंगो चुनाव गराएर अप्राकृतिक मूल्यबृद्धि गराउने एउटै सिद्धान्तका पार्टीहरु हुन् । त्यसैले बहुमत छँदाछँदै पनि विदेशीको डरले सरकारलाई अmझै बढी सांसदहरुलाई मन्त्री बनाएर सरकारमा सामेल गराउनु पर्ने बाध्यता हुन्छ । अहिलेको सरकारलाई पनि त्यही भएको हो । जम्मामा हालसम्मका सबै दल र नेताहरु निरंकुश हुन, वास्तविक लोकतन्त्र विरोधी हुन् । यिनीहरु पञ्चायतकाल देखिकै नेता र दलहरु हुन् । त्यसैले संविधान पटक पटक हामीलाई षडयन्त्रमूलक ढंगले झुक्याएर परिबर्तन भए पनि नेता उनै रहिरहन्छन् । नेपालमा राजनीति भएकै छैन, जालझेल मात्र भएको छ । व्यवस्था परिवर्तन भए पनि तिनै निरंकुश शासनका पक्षधर नै अहिलेसम्म मन्त्री प्रधानमन्त्री छन् । यो देखिँदाको मात्र लोकतन्त्र हो । यो लेख पढिरहने तपार्इँ कतिले आफँैले हालेको भोटले यो देशको प्रमुख जन्मेदेखि अहिलेसम्म को कति पटक भयो ? तपार्इँको र तपार्इँको भोटले होइन, सांसदको भोटले मात्र सरकार चलाउने व्यक्ति छानिन्छ । सरकार बन्छ । तर सोझौ जनताको अर्थात् मतदातको जम्मा मत संख्याय ५१ प्रतिशत ल्याउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हुने हो भने हरेक जनतालाई विदेशीले यसलाई भोट हाल्नुस् भन्न सक्छ ? सक्तैन त्यसैले विदेशी हस्तक्षेप चल्दैन । तर यी दल र नेताहरु त्यो व्यवस्था चाहँदैनन् किनकि यिनीहरु विदेशीका गुलाम हुन्। अब चाहने हो भने पनि यिनहरु पटक पटक नुहाइसकेका पानीहरु हुन् यिनैलाई प्रयोग गरेर नेपाली राजनीति र समाज शुद्ध हुन सक्तैन । त्यसैले यो विचारको यो अभियानको मूल नेतृत्व भरसक अहिलेसम्म कुनै पनि पार्टीबाट वडाध्यक्ष समेत नभएको व्यक्ति हुनुपर्छ । संगठनात्मक स्वरुप क स्वतन्त्र राष्ट्रिय अभियानको संगठनात्मक स्वरुप राष्ट्रिय सम्मेलन नहुञ्जेलसम्मका लागि सहमति र सर्वसम्मतिबाट वडा, गाउँ नगर, जिल्ला, क्षेत्रीय र केन्द्रीय समितिहरु बन्ने छन् । राष्ट्रिय सम्मेलन पश्चात अनुमोदित विधान बमोजिम हुने छ । तर, राष्ट्रिय सम्मेलनका लागि मुख्य प्रस्तावका रुपमा वडादेखि केन्द्रसम्मका सबै समितिको अध्यक्षमा जो निर्वाचित भए पनि कम्तिमा ५१ प्रतिशत मतले निर्वाचित हुनु पर्ने छ । र, त्यसरी निर्वाचित अध्यक्षले सम्पूर्ण समितिका पदाधिकारीहरु आफैँ मनोनित गर्ने छ । वडाभरिका सदस्यको कम्तिमा ५१ प्रतिशत मतले वडाको अध्यक्ष निर्वाचित भएपछि वडा समितिका अध्यक्षमध्येबाट फेरि कम्तिमा ५१ प्रतिशतबाट गाउँ नगरको अध्यक्ष चुनिने छन् । वडाका अध्यक्ष मध्येबाट गाउँ नगरको अध्यक्ष चुनिएपछि एक व्यक्ति दुई पद हुन नहुने मान्यताका आधारमा बाध्यकारी रुपमा वडाको समितिको अध्यक्ष पदबाट राजीनामा गर्नु पर्ने छ । यसैगरी चुनिएका गाउँ तथा नगर र वडाका अध्यक्षहरुको कम्तिमा ५१ प्रतिशतमध्येबाट निर्वाचित व्यक्ति जिल्लाको अध्यक्ष बन्ने छ । निजले समेत सम्पूर्ण जिल्ला समितिका पदाधिकारीहरु आफ्नो निर्णयमा मनोनित गर्ने छ । र, क्षेत्रीयहरु समिति पनि एवम् रितले तयार हुनेछ । र, केन्द्रीय समिति समेत सोही आधारमा वडा, नगर, जिल्ला, क्षेत्रका अध्यक्षहरुको सभाबाट कम्तिमा ५१ प्रतिशत मत प्राप्त गर्ने व्यक्तिले मनोनित गर्ने छ । केन्द्रदेखि वडासम्मका सबै समितिमा कम्तिमा ५१ प्रतिशत मत ल्याएर विजयी हुने अध्यक्षले एकल रुपमा मनोनित गर्ने पदाधिकारी तथा सदस्यहरु वा पदाधिकारीहरु सबै विभिन्न क्षेत्रका प्राज्ञिक तथा प्राविधिक विज्ञहरु मध्येबाट मात्र हुनेछन् । त्यसरी सबै तहका समितिमा अध्यक्षबाट मनोनित हुने पदाधिकारी वा सदस्यहरुमाथि विश्वास नभएमा त्यस्तो अध्यक्ष निर्वाचित गर्ने दुई तिहाई मतबाट मनोनित व्यक्तिलाई हटाउन सकिने छ । दुई मनोनित जति सबै सदस्य तथा पदाधिकारीलाई दुई तिहाईले हटाउने निर्णय भएमा अध्यक्ष समेतको पद स्वतः समाप्त भएको मानिने छ । यो नियम सबै तहका अध्यक्ष र निजले मनोनित गरेका सदस्य तथा पदाधिकारीका हकमा समेत लागू हुनेछ । ख सो सँगै एक स्वतन्त्र राष्ट्रिय अभियान मूल परिचालन समिति गठित हुने छ । ग मूल परिचालन समितिसँगै दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय कार्य सञ्चालन समिति रहने छ । घ सो सँगै सबै पेशागत, व्यवसायिक, प्राज्ञिक र व्यवहारिक क्षेत्रका संगठनहरुका समेत केन्द्रदेखि क्षेत्रीय, जिल्ला, गाउँ नगर र वडा समेतका समितिहरु रहने छन् । ङ खण्ड घ मा उल्लेखित संगठनहरु समेत विभागीय रुपमा आवश्यकता अनुसार अर्थ, परराष्ट्र, सँस्कृति, शिक्षा, महिला बाल बालिका , समाजकल्याण, खेलकूद, फरक ढ्रगले सक्षम वर्ग, एलजीवीटी समूह, भाषा साहित्य, लगायत फरक फरक जिम्मेवारीका फरक फरक स्थानीयदेखि केन्द्रसम्मका शाखाहरु स्थापित हुनेछन् । अभियानको संगठनमा रहनेहरुले ती विभाग अन्तर्गत आफ्नो रुची अनुसन्धान र विशेषज्ञता अनुसार आजीवन एउटै क्षेत्रमा मूल जिम्मेवारीमा रहेर पछि जिम्मेवारीमा रहनु पर्दा सोही क्षेत्रको जिम्मेवारी लिनेगरी संगठनमा रहँदाकै अवस्थादेखि आफ्नो क्षेत्रको मात्र देशविदेशको सो सम्बन्धमा भएका काम र विकासबारे अध्ययन गरिरहनु पर्ने छ । सपथ स्वतन्त्र राष्ट्रिय अभियानको कुनै पनि व्यक्ति कुनै पनि पदमा पदासीन रहन लाग्दा गरिने सपथ ग्रहण पद तथा गोपनीयताको हुने छैन । सपथ गोपनीयताको नभई पारदर्शिताको हुनेछ र पदको नभई जिम्मेवारी वा उत्तरदायित्वको हुनेछ । सबै पदमा रहने व्यक्तिले आफूले आस्था र विश्वास राखेको ईश्वरको नाममा जनता र आफ्ना बाबुआमा तथा छोराछोरीलाई पारदर्शीताका आधारमा उत्तरदायित्वपूर्ण कार्य गर्ने छु, नगरेमा आफ्ना छोराछोरी र बाबुआमाका अगाडि जनता समिति र जनताले दिएको सजाय भोग्न तयार छु भन्ने भाषाको हुने छ । र, त्यही अर्थमा राज्यका पद ग्रहण गर्ने व्यक्तिले सपथ लिनु पर्ने छ । पदभार ग्रहण गर्ने भन्ने शब्द पनि हुने छैन, पद लिने तर पदलाई भार भन्ने सोचबाट पदमा गएपछि गर्नु पर्ने कर्तव्य पूरा गर्ने काम पदभार हुन सक्दैन, पदको जिम्मेवारी र उत्तरदायित्व हुन्छ । भार भन्ने सोचबाट कर्तव्य पूरा गर्नुपर्ने होइन भन्ने सोचको अन्त्य गर्नुपर्छ । सञ्चार संहितमा थप सामान्य तथ्य संसारमा नेपाल मात्र यस्तो देश हो जहाँ विदेशी राजदूतहरु हाम्रो देशको परराष्ट्र मन्त्रालयको अनुमति नलिईकन कहिले मुस्तांगमा पुगेर विद्यालय उद्घाटन गर्छन, कहिले तराईको कुनै जिल्लामा पुगेर एम्बुलेन्स हस्तान्तरण गर्छन्, तर हाम्रा सञ्चार माध्यम उसले अनुमति लिएर आयो कि नलिई भन्ने सोध्दैनन् बरु पछि पछि लागेर उनकै समाचार बनाउँछन् ।विदेशी राजदूतहरुले सोझै नेपाली सञ्चार माध्यमलाई अन्तरवार्ता र समाचार दिन र सञ्चार माध्यमले लिन नपाउने व्यवस्था हुनुपर्छ । विदेशी दूतावासका विदेशी राष्ट्रिय दिवसका अवसरका आदि विज्ञापन भुक्तानी राजदूतावास मार्फत सोझै सञ्चार माध्यमले लिन नपाउने व्यवस्था हुनुपर्छ । नेपालको परराष्ट्र मन्त्रालयको अनुमति विना विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुसँग सोझै नेपाली सञ्चार माध्यमले अन्तरवार्ता आदि समेत गर्न र विदेशीले समेत नेपालका कूटनीतिक असर पर्ने समाचारहरु सोझै प्रकाशित गर्न पाउने छैनन् ।हरेक समाचारहरु प्रकाशित हुने वित्तिकै राम्रा समाचारहरुबारे प्रशंसा र उठाइएका विषयहरुको सम्बोधन तत्कालै गरिने र गलत समाचारहरुको तत्काल छानविन सूचना विभागको तथ्यांक संकलनका आधारमा सरकार गर्नुपर्छ । उद्योग व्यवसाय, उद्यमी र मजदूरहरुबारे नेपालमा पछिल्ला दशकमा सबै उद्योगधन्दाहरु लगातार बन्द हुनुको कारण मजदुर अधिकारका नाममा खुलेका ट्रेड युनियनहरुको विदेशी थोपरेका एजेण्डाहरु हुन् । ०४८ साल पछि नेपालमा अत्यन्तै पीडामा रहेको क्षेत्र उद्योग व्यवसायको क्षेत्र हो । चुनाव गर्दा उद्योगी व्यवसाले नेता र दलहरुलाई चन्दा दिने अनि तिनै उद्योगीहरुलाई समानुपातिक वा प्रत्यक्ष पदबाट सांसद बनाउने र अन्ततः मजदुर विरोधी नीति नै संसदबाट बनाउने, त्यसैगरी मजदुरहरुलाई आन्दोलनको अधिकार छ भनी नेपालमा चाहिँ एजेण्डा सेट गराएर आन्दोलन हडतालमा अधिकारको नाममा संलग्न गराई आन्दोलनमा गएको दिनको पनि, हडतालमा बसेको दिनको पनि तलब दिनु पर्ने तर त्यो एजेण्डा नेपालमा मानवअधिकारका नाममा सेट गराउने ती पश्चिमा हरुको देशमा भने काम गरेको घण्टाको हिसाबले पारिश्रमिक दिने अवस्थातर्फ कसैको ध्यान गएन । ट्रेड युनियनले खत्तम गरेको उद्योग व्यवसायका लागि प्रतिकूल वातावरण अन्त्य गर्न प्रतिघण्टाको दरले पारिश्रमिक दिने, करारमा भएको सम्पूर्ण शर्त पूरा गर्नै पर्ने त्यति गर्दा पनि हडतालमा संलग्न हुनेहरुको पारिश्रमिक कट्टा हुने व्यवस्था हुनुपर्छ । अस्थायी वा स्थायी करार हुँदाकै बखत कडा ढंगको राज्यले तोके अनुसारको हुने र सो करार भंग गर्ने उद्योगहरुलाई पनि राज्यले २४ घण्टाभित्र कडा कारवाही तोकिए बमोजिमको हुने तथा त्यसका लागि एउटै उद्योगमा धेरै ट्रेड युनियन होइन, एउटा मात्र साझा युनियन रहने व्यवस्थाबाट उद्योगमैत्री वातावरण कडा हायर एण्ड फायर एवम् उद्योगमाथि मजदुर कर्मचारीको सेवा सुविधाका शर्त पालन नगर्ने उद्योगीलाई फौजदारी मुद्दा सरहको अभियोगमा कारवाही हुने व्यवस्था हुनुपर्छ । कुनै पनि पेशागत क्षेत्रमा सामूहिक सौदावाजीका लागि एक मात्र आधिकारिक ट्रेड युनियन रहने छ । लोकतान्त्रिक कर प्रणाली –डेमोक्र्याटिक ट्याक्सेसन सिस्टम_ उदाहरणका रुपमा सवारी करबाट उठेको रकम जनप्रतिनिधिको तलबभत्तामा होइन, सडक बनाउनकै लागि मात्र खर्च गरिने छ । जुन शिर्षकबाट उठेको रकम हो सोही क्षेत्रमा खर्च गरिने गरिने छ । यसबाट योगदान अनुसारको विकास सम्बन्धित क्षेत्रको हुने छ । र, कुनै शीर्षकमा खर्चका लागि कर नउठ्ने अवस्था रहेछ भने मात्र कुन क्षेत्रबाट उठेको रकम अर्को कुन क्षेत्रमा खर्च भयो भन्ने तथ्यांक समेत रहने गरी खर्च गरिने छ । त्यसबाट असर पुगेको क्षेत्रमा असर पुर्याउने क्षेत्रमा खर्च गरिने छ । वातावरण र स्वास्थ्य बिगार्ने क्षेत्रबाट उठेको रकमलाई मात्र स्वास्थ्य सुधार्ने क्षेत्रमा खर्च गरिने छ । यस्ता उदाहरण सरहको सर्वसामान्यले पारिभाषिक शब्द प्रयोगबाट बुझ्ने गाह्रो प्राविधिक तथ्यलाई बुझिने गरी मात्र यहाँ लोकतान्त्रिक कर उठ्ती र खर्चको यहाँ संक्षिप्त रुपमा व्याख्या गरिएको हो र यस प्रणालीबाट संघीयताको कारण अनावश्यक रुपले गरीबहरुमा मार पर्ने गरी बढेको कर प्रणाली अन्त्य गरी बढीमा २५ वर्षवीचमा देशको सबैभन्दा गरीव व्यक्ति र सबैभन्दा धनी व्यक्ति वीचको सम्पत्तिमा बढीमा ५० प्रतिशतले मात्र प्रतिव्यक्ति आय कायम हुनेछ । हाल प्रतिव्यक्ति आय संसारकै धनी व्यक्तिको सूचीमा परेका र दैनिक छाक टार्न गाह्रो हुनेको पनि एउटै गणना गरिने विश्वकै प्रणाली भए पनि नेपालमा देखिने गरी समतुल्य बनाइने छ । निर्वाचन प्रणाली र अन्य व्यवस्थाहरु सम्पूर्ण देश एक निर्वाचन हुने छ । सबै स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकको मतको कम्तीमा ५१ मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने छ । मन्त्रीहरु सबै विज्ञहरु मध्येबाट नियुक्त हुनेछन् । खराब कार्य गरेमा महाभियोग लाग्न सक्ने छ । दुई तिहाईबाट निर्वाचित राष्ट्रपति समेत हट्न सक्नेछन् । स्थानीय निर्वाचन र केन्द्रको निर्वाचन एकैपटक हुनेछ । राइट टु रिजेक्टको व्यवस्था हुने छ । प्रादेशिक संरचना अन्त्य हुने छ । शक्तिपृथकीकरण पूर्ण रुपमा लागू स्थानीय निकायलाई परराष्ट्र, अर्थ, विदेश सम्बन्ध, मुद्रा, सेना, हवाई बाहेकका सम्पूर्ण अधिकारबाट सम्पन्न गरिने छ । जिल्ला तहको कार्य समन्वयकारी मात्र हुने छ । स्थानीय तहको निर्वाचन राजनीतिक दलको होइन, स्वतन्त्र उम्मेदवारहरुको वीच हुने छ । दलले उम्मेदवार हाम्रो हो भनी घोषणा गरे पनि दलगत रुपमा स्थानीय निर्वाचन हुने छैन । कुनै पनि सरकारी कर्मचारीलाई सोझो राजनीतिक संलग्नता हुने छुट हुने छैन । तर ट्रेड युनियनको सदस्य बन्न सक्नेछन् । तर साझा एउटा निर्वाचित हुने युनियनलाई मात्र सामूहिक सौदावाजीका लागि मान्यता दिइने छ । निर्वाचनमा सरकारका टेलिभिजनमध्ये एउटा च्यानल निर्वाचन च्यानल हुने छ । सोही च्यानलमा तालिका अनुसार आआफ्नो चुनावी घोषणाहरु सार्वजनिक गरिने छ । छुट्याइएको निश्चित समयमा आफ्ना सम्बोधनहरु दल वा व्यक्तिको तर्फबाट राखिने छ । सोबाहेक कुनै पनि चुनावी खर्च गर्न दिइने छैन । कम्तिमा ५१ प्रतिशत मत प्राप्त गर्ने एउटा र ४९ प्रतिशत मत प्राप्त गर्ने बाँकी एउटा दल बाहेक अन्य दललाई राष्ट्रिय दलको मान्यता दिइने छैन । तर चुनाव भने अर्को आवधिक निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने छन् । लोकतन्त्र दिवस र राष्ट्रिय एकता दिवसको दिन बाहेक विरामी विदा आकस्मिक विदा गणना नहुने गरी वर्षमा जम्मा १५ दिनको विदा दिइने छ । सोही दिनलाई आआफ्ना विश्वास अनुसारको धार्मिक विदाहरुको रुपमा मनाइने छ । आफूले नमनाउने चाडपर्वका दिन बिदा दिइने छैन तर मनाउनेहरु सोही १५ दिनभित्रबाट कट्टा हुने गरी बिदा बस्न सक्ने छन् । सबै सरकारी कार्यालयका कर्मचारी, विद्यालयका कलेजका विद्यार्थीले नेपाली नेपालमा उपलब्ध हुने सबै नेपाली उत्पादन नै प्रयोग गर्नु पर्नेछ । सो को उपलब्धता राज्यले सिर्जना गर्ने छ । बाटोमा जोडिएका सबै घरका अगाडि अनिवार्य रुपमा साना ठूला गमला वा बुट्यान प्रकृतिका फूलका वा अन्य बोट विरुवा रोप्नै पर्ने छ । कुनै पनि स्वदेशी विदेशीले बाटोमा हिँड्दा हरिया बोट र फूल नदेखिने ठाउँ रहनु हुने छैन । घर बनाई भाडामा लगाउनेहरुले त्यसको अत्यन्त सामान्य अंशले गर्न सकिने यो कार्य नगरेमा फौजदारी सरहको सजाय हुने छ । यसबाट नेपाली लोपोन्मुख कुमालेको माटाको गमला भाँडा बनाउने व्यवसाय पुनर्जागरण हुने छ । पूर्वाञ्चल विश्वविद्यालय भन्ने तर त्यसको मुख्य कलेज काठमाडौँमा खोल्ने,पोखरा मध्यपश्चिम आदिको त्यस्तै अवस्था हुने, स्थानीय तहमा भने सोही तहको नाममा खोलिएका विश्वविद्यालयमा गुणात्मक शिक्षा लिन नपाएर काठमाडौमा नै आउनु पर्ने अवस्था अन्त्य गर्नुपर्छ । राज्यले देशका लागि कुन कुन विषयमा कति कति जना जनशक्तिको आवश्यकता छ भन्ने निश्चित गरेर सो सो विषयमा सोही सोही सख्यामा विद्यार्थीलाई प्रतिष्पर्धाका आधारमा छनौट गरी कोटा अनुसार मात्र पढ्ने पढाउने व्यवस्था गर्ने छ ।...